Logo
Logo

मोटरसाइकलको ट्रायलमा भाडामा परीक्षार्थी, दुई पक्राउ


दृष्टि संवाददाता


काठमाडौं । मोटरसाइकलको ट्रायल परीक्षामा नक्कली परीक्षार्थी भेटिन थालेका छन् । पैसा लिएर अर्काको ट्रायल दिने प्रवृत्ती भेटिएको यातायात व्यवस्था कार्यालयले जनाएको छ ।


आइतबार गुर्जुधारास्थित ट्रायल सेन्टरमा दुई जना पक्राउ परेका छन् । धादिङका सरोज अधिकारीको ट्रायल दिने मकवानपुरका बसन्त मगरलाई यातायात कर्मचारीले पक्राउ गरेका हुन् । अधिकारीलाई पनि पक्राउ गरी महानगरीय प्रहरी वृत्त थानकोटमा बुझाइएको यातायात व्यवस्था कार्यालय ठूलो भ¥याङका सूचना अधिकारी उपेन्द्र शाहले बताए । मगरले ट्रायल पास गरेका थिए । पछि शंका लागेर सोधपुछ गर्दा एकको परीक्षा अर्काले दिएको पुष्टि भएको हो ।

प्रतिक्रिया दिनुहोस्