Logo
Logo

कुशलले बनाए विश्व कीर्तिमान


दृष्टि संवाददाता


काठमाडौं । नेपालका ब्याट्सम्यान कुशल भुर्तेलले डेब्युपछि लगातार तीन खेलमा अर्धशतकीय पारी खेल्दै विश्वकीर्तिमान कायम गरेका छन् । कुशलले मंगलबार नेदरल्याण्डविरुद्धको खेलमा तेस्रो अर्धशतक प्रहार गरेका हुन् । यसअघि उनले मलेसिया विरुद्ध अविजित ६१ रन बनाएका थिए ।

त्रिवि क्रिकेट मैदानमा जारी खेलमा कुशलले ४१ बलमा ६ चौका र एक छक्काको मद्दतले ५२ रन बनाएर खेलिरहेका छन् । टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा हालसम्म डेब्यु ब्याट्सम्यानहरुले लगातार तीन खेलमा अर्धशतक प्रहार गर्न सकेका थिएनन् ।

प्रतिक्रिया दिनुहोस्