Logo
Logo

त्रिकोणात्मक टी- २० सिरिज : नेदरल्यान्ड्ससँग नेपाल पराजित


दृष्टि संवाददाता


काठमाडौं । त्रिकोणात्मक टी- २० सिरिजको तेस्रो खेलमा नेपाल नेदरल्यान्ड्ससँग पराजित भएको छ । मंगलबार टियु क्रिकेट मैदानमा भएको खेलमा नेपाल नेदरल्यान्ड्ससँग ३ विकेटले पराजित भएको हो ।

नेपालले दिएको २ सय ७ रनको लक्ष्य नेदरल्यान्ड्सले १९ ओभर ३ बलमा ७ विकेट गुमाएर पूरा गर्यो ।

उसका लागि बासडी लिडेले अविजित ८१, बेन कपूरले ५५, कप्तान पीटर सीलारले ३१, टोबिएस भिसेले १५ रन बनाए । बलिङमा सन्दीप लामिछानेले चार, कुशल मल्ल, अविनाश बोहरा र करण केसीले एक/एक विकेट लिए ।

यस अघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै २ सय ६ रन जोडेको थियो ।

नेपालका लागि कुशल भुर्तेलले सर्वाधिक ६२ रनको योगदान दिएका थिए । उनले ४६ बलमा ८ चौका र १ छक्का प्रहार गरेका थिए  । त्यस्तै, दीपेन्द्र सिंह ऐरीले ३० बलमा ६० रनको योगदान दिएका थिए । उनले यसक्रममा ३ चौका र ५ छक्का प्रहार गरेका थिए । सोमपाल कामी र कप्तान ज्ञानेन्द्र मल्लले क्रमशः २१ र २० रन जाेडेकाे थिए ।

प्रतिक्रिया दिनुहोस्