Logo
Logo

स्पष्टीकरणको जवाफ दिने माधव समूहको निर्णय, कारवाही गरे अदालत जाने


दृष्टि संवाददाता


काठमाडौं । सत्तारुढ नेकपा (एमाले) को माधवकुमार नेपाल पक्षले प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले सोधेको स्पष्टीकरणको जवाफ दिने निर्णय गरेको छ ।

काठमाडौंमा उपलब्ध एमालेका नेपाल समूहका सांसदको आकस्मिक बैठकले पार्टी अध्यक्ष ओलीले सोधेको स्पष्टीकरणको जवाफ दिने निर्णय गरेको हो ।

बैठकले यदि कारबाही गरेमा कानुनी र राजनीतिक लडाइ लड्ने पनि निर्णय गरेको छ । बैठकपछि सांसद झाँक्रीले भनिन्, ’स्पष्टीकरण दिन्छौं, कानुनी प्रतिरक्षा गर्छौं र राजनीतिक लडाइँ पनि लड्छौं ।’

नेपाल समूहमा लागेका प्रतिनिधिसभाका २७ सांसद र कर्णाली प्रदेश सभाका ५ जना सदस्यलाई ओलीले स्पष्टीकरण सोधेका थिए । त्यसपछि नेपाल समूहका सांसदको आकस्मिक बैठक बसेको थियो ।

अध्यक्ष ओलीले बोलाएको महाधिवेशन आयोजक कमिटीको बैठकमा नजाने पनि बैठकले निर्णय गरेको छ ।

प्रतिक्रिया दिनुहोस्