काठमाडौं । पीसीआर परीक्षण नै नगरी नेगेटिभ विवरण उल्लेख गरेर स्वास्थ्य रिपोर्ट बनाएको आरोपमा ल्याब सञ्चालक पक्राउ परेका छन् ।
महानगरीय अपराध महाशाखाबाट एसपी कृष्ण पंगेनीको नेतृत्वमा प्रहरी टोलीले सिंहको टोलीले सिनामंगलस्थित सुरिया हेल्थ केयरका सञ्चालक खेलानन्दप्रसाद सिंह पक्राउ गरेको हो ।
नेगेटिभ नतिजा उल्लेखित ४ वटा नक्कली पीसीआर रिपोर्ट पनि प्रहरीले बरामद गरेको छ । सिंहले उक्त ल्याबबाट गरेका सबै पीसीआर रिपोर्टबारे पनि अनुसन्धान थालिएको एसपी पंगेनीले जानकारी दिए ।
नक्कली पीसीआर रिपोर्ट तयार गर्ने गरेको उजुरीपछि केही दिनयता ल्याबमाथि अनुसन्धान भइरहेको र प्रमाण फेला परेपछि सिंहलाई पक्राउ गरिएको महाशाखाका डीएसपी दुर्गाराज रेग्मीले बताए ।
रेग्मीका अनुसार वैदेशिक रोजगारीमा जानेलाई प्रति रिपोर्ट ९ हजारसम्म लिएर डेढ घण्टादेखि २ घण्टाबीचमा नक्कली रिपोर्ट तयार पर्ने गरेको पनि खुलेको छ ।