Logo
Logo

रेमिट सञ्चालक नै हुन्डी कारोबारमा, दुई जना पक्राउ


- दृष्टि न्युज/संवाददाता



काठमाडौं, २१ फागुन ।
नेपालमा रेमिट कम्पनीका सञ्चालकहरु नै हुन्डीको कारोबारमा संलग्न रहेको खुलेको छ । रिलायन्ससब रेमिट प्रा.लि.का संचालक गोविन्द सुब्बा र इन्दनारायण लिम्बुले हुन्डीको कारोबार गर्दै आएको खुलेको छ। उनीहरुविरुद्ध राजश्व अनुसन्धान विभागले मुद्दा दायर गरेको छ । सो कम्पनीबाट मार्फतबाट मलेसियाबाट नेपाल पठाउने र ल्याउने रकम नेपाल नल्याई नेपालमै एक ठाउबाटअर्को ठाउ पठाएको कारोवार देखाई विदेशी विनिमय अपचलन गरेको देखिएको विभागका प्रवक्ता दीर्घराज मैनालीले बताए ।


उनीहरुले कम्प्युटर अभिलेखमा मलेसियन रिङ्गीटको नेपाली पैसासंग फरक दिन र समयको विनिमय दरले हिसाव राखिएको र त्यसमा प्रयोग गरिएको कन्ट्रोल नम्बर कतिपय रेमिट्यान्स कम्पनीका कारोवार सम्बन्धी नेपालबाट नेपालमै रकम पठाउदा प्रयोग गर्ने विभिन्न कम्पनीबाट प्राप्त पिन कोड प्रयोग भएको खुलेको छ । साथी भाईसंग लिनुपर्ने मलेसियाबाट पठाएको रकम हो भनी स्वीकार गरेको तर सो बराबर नेपाल सरकारलाई प्राप्त हुनु पर्ने विदेशी मुद्रा प्राप्त भए गरेको नदेखिएको विभागले जनाएको छ । तीन करोड ६६ लाख ८५ हजार बिगो दाबी गरी उनीहरुविरुद्ध मुद्दा दायर भएको छ । तीन गुणा जरिवाना र तीन वर्ष कैद सजायको माग समेत गरिएको छ ।
नेपालमा रेमिट कम्पनीको आवरणमा हुन्डी र विदेशी मुद्राको कारोबारमा संलग्नहरुको संख्या ठूलो रहेको स्रोत बताउँछ ।

प्रतिक्रिया दिनुहोस्