Logo
Logo

पछि हट्यो सरकारः राजश्व, भन्सार, अदालत, संसद र अख्तियारका कर्मचारीले भत्ता पाउने


- दृष्टि न्युज/संवाददाता



काठमाडौं, २१ फागुन ।
कर्मचारीको भत्ता कटौती गर्ने सरकारको निर्णय ७ महिनामै फिर्ता भएको छ । फागुनदेखि सरकारले विगतमा भत्ता पाउँदै आएका कर्मचारीलाई भत्ता दिने निर्णय गरेको छ ।
गत महिना नै यससम्बन्धि निर्णय गरिएकोमा लुकाएर आइतबार मात्र यससम्बन्धि सर्कुलर गरिएको छ ।


अख्तियारका कर्मचारीलाई शतप्रतिशतसम्म दिइएको छ । अन्य निकायका कर्मचारीलाई मासिक रुपमा ८० घन्टासम्म अतिरिक्त काम गरेवापत ५० प्रतिशतसम्म भत्ता दिने निर्णय भएको छ । फागुन १ गतेदेखि यो निर्णय लागू हुने भएको छ ।
अदालतका कर्मचारीले भने साउनदेखि नै अतिरिक्त घन्टा काम गर्दै आएपनि फागुनदेखि मात्र भत्ता दिने निर्णय गरेकोमा असन्तुष्टि व्यक्त गरेका छन् ।
सरकारले फजुल खर्च नियन्त्रण भन्दै भत्ता कटौती गरेको थियो । तर, कर्मचारीकै दबाबपछि भत्तालाई निरन्तरता दिइएको छ ।

प्रतिक्रिया दिनुहोस्