Logo
Logo

बुढीगंगा नगरपालिकाले दियो किशोरीलाई आत्मरक्षा तालिम


नन्दा थापा



बाजुरा । बाजुराको बुढीगंगा नगरपालिकाले २ सय ४० भन्दा बढी किशोरीलाई आत्मरक्षा तालिम दिएको छ । गुड नेवर्स ईन्टरनेश्नल नेपाल र पीसविन बाजुराद्वारा सञ्चालित सामुदायिक विकास परियोजनाको आर्थिक सहयोगमा किशोरीलाई तालिम दिईएको हो ।

नगरपालिकाका १० वटा माविका २ सय ४० जना भन्दा बढी किशोरीलाई आफु माथि हुनसक्ने आक्रामक घटनाकोे प्रतिकार गर्न आत्मरक्षा तालिम दिईएको पीसविन सामुदायिक विकास परियोजना संयोजक टेकबहादुर थापाले बताए ।

तालिममा विद्यालयमा अध्ययनरत किशोरी क्लव र बाल क्लवका किशोरीहरुलाई सहभागी गराईएको छ । तालिम एक ठाउँमा दुई दिन सम्म सञ्चालन गरेर ६ ठाउँमा १२ दिनसम्म सञ्चालन गरिएको पीसविन विकास सहायक गोमती कटुवालले बताएकी छन् ।

लैगिंक हिसा न्युनिकरणको अभियानमा सक्रिय प्रहारबाट सपना रोकायाको नेतृत्वमा दुई जनालाई ल्याएर प्रशिक्षण गराईएको कटुवालले बताईन् ।

विद्यालय जाने बेला नै असुरक्षित महसुस गरिरहेका किशोरीहरु आत्मरक्षा तालिम पाउदा खुसी भएका छन् । धुरालशैन माविका कक्षा १० मा अध्ययनरत किशोरी माया उपाध्यायले छोटो समयको आत्मरक्षा तालिम पाउदा आत्मबल बढेको बताएकी छन् ।

उनी जस्तै आसिका थापा पनि २ घण्टाको दुरी पार गरेर विद्यालय पुग्छन्, बाटोमा एक्लै हिड्दा कसैबाट पीडीत हुन्छु कि भन्ने उनलाई डर लागिरहन्थ्यो, आत्मरक्षा तालिम पाएपछि भने टोलका सबै किशोरीहरुसंगै विद्यालय आउने गरेको बताईकी छन् ।

नगरपालिकाकै विद्यालय छोडेर घरमै बसेकी ललिता रावत त झन आफुसंगै बुढा आमाबुवाको संरक्षक पनि आफै हुनुहुन्छ, उनलाई आत्मरक्षा तालिमले आफुसंगै वृद्ध आमाबुवालाई सुरक्षित राख्ने तरिका सिकेकी छन् ।

बाजुराका किशोरी र बाल क्लवका किशोरीलाई जम्मा गरर २० देखि ४० जना सम्मलाई एकै ठाउँमा राखेर तालिम दिइएको छ । नेपालमा बढ्दै गएको यौन दुव्र्यवहार र बलात्कारका घटनाको प्रतिकार गर्न सक्ने गरी किशोरीलाई तालिम दिईएको हो ।

 

 

प्रतिक्रिया दिनुहोस्