Logo
Logo

IELTS परिक्षामा बिद्यार्थीलाई सहज, पशुपति भिजनमा खुल्यो परिक्षा केन्द्र


- दृष्टि न्युज/संवाददाता



काठमाडौं, २२ फागुन ।
विदेश अध्ययनमा जान चाहिले अंग्रेजी भाषा परिक्षा IELTS लागि परिक्षाको डेट लिन अब नेपाली बिद्यार्थीहरुलाई समस्या नहुने भएको छ । IELTS परिक्षामा ब्रिटिश काउन्सिलको एकाधिकर तोड्दै आईडिपी एजुकेशनले परिक्षा लिन थालेको छ ।


आईडिपी एजुकेशनले कम्प्युटर प्रणालीबाट सञ्चालन हुने IELTS परिक्षाको केन्द्र पशुपती भिजनमा खोलेको छ । आईडिपीको दक्षिण एसिया, इन्डोनेसिया र मलेसियाका अपरेशन डाइरेक्टर रहेका बिशाल गुप्ता र आइडिपी एजुकेशनका कन्ट्री डाइरेक्टर अभिषेक श्रेष्ठले उद्घाटन गरे । उद्घाटन कार्यक्रममा नेपालका चर्चित एजुकेशन कन्सलटेन्सीका सञ्चालकहरु उपस्थित थिए ।
आईडिपीले IELTS परिक्षा अष्ट्रेलियामा केही समयअघि सुरु गरेको थियो । कम्प्युटर प्रणालीमार्फत लिइने IELTS परिक्षामा विषयवस्तु र संरचनामा कुनै परिवर्तन गरिएको छैन । मौखिक अन्र्तवार्तापनि IELTS द्वारा प्रमाणित प्रशिक्षकले व्यक्तिगत रुपमा लिने छन् । कम्प्युटर प्रणालीबाट परिक्षा दिदा बिद्यार्थीहरुले आफ्ना उत्तरहरु सम्पादन तथा हाइलाइट समेत गर्न सक्दछन् । साथै कापिमा लेखेर दिने परिक्षा पनि सञ्चालन हुने आईडिपीले जनाएको छ ।
आईडिपी नेपालका विभागका प्रमुख कविर खड्गी भन्छन्,‘संसारकै लोकप्रिय अङ्ग्रेजी भाषाको परिक्षा IELTS अब उपरान्त परिक्षार्थीहरुले कम्प्युटर मा दिन सक्नेछन् । यस परिक्षा केन्द्रले परिक्षार्थीहरुका सम्पूर्ण सुविधालाई ध्यानमा राखेर उच्चतम परिक्षाको अनुभव दिनेछ भन्नेमा हामी विश्वस्त छौं ।’
आईडिपी एजुकेशनका कन्ट्रि म्यानेजर अभिषेक श्रेष्ठ, भन्छन्– “ परिक्षालाई अस्टे«लिया, क्यानडा, न्यूजिल्याण्ड, आयरल्याण्ड, बेलायत तथा अमेरिका लगायतका संसारभरिका दश हजार भन्दा बढि संस्थाहरुले मान्यता दिएका छन् । यो संसारको एक मात्र परिक्षा हो जून दुई वटै ढाँचामा (कापि र कलम तथा कम्प्युटर प्रणालि)मा उपल्ब्ध छ । हामीले यसमा विद्यार्थीहरुलाई आप्mनो परिक्षा जसरी सजिलो हुन्छ त्यसरी नै दिनसक्ने विकल्प दिएका छौं ।’
आईडिपी विदेश अध्ययनमा जाने बिद्यार्थीलाई सेवा दिने विश्वकाे अग्रणी कम्पनी हो । जसले विश्वका टप ६ सय ५० विश्वबिद्यालयसँग सहकार्य गरेको छ । अष्ट्रेलिया, न्यूजिल्याण्ड, अमेरिका, बेलायत, क्यानाडा लगायत देशसँग आईडिपीको सहकार्य छ । नेपालमा पनि हालै आईडिपीले अध्ययनका लागि विदेश जान चाहने बिद्यार्थीलाई परामर्श दिनेदेखि भाषा परिक्षा समेत लिन थालेको छ । ब्रिटिश काउन्सिल जस्तै शिक्षा मन्त्रालय तथा अन्तराष्ट्रिय निकायबाट स्वीकृती लिएर आईडिपी एजुकेशनले IELTS परिक्षा समेत सुरु गर्न लागेको हो ।

प्रतिक्रिया दिनुहोस्