Logo
Logo

गाउँपालिका उपाध्यक्ष चढेको गाडी पहिरोले किचेर क्षतिग्रस्त


दृष्टि संवाददाता


मोरङ– मोरङकोे केराबारी गाउँपालिकाकी उपाध्यक्ष शान्ति भुजेल लिम्बु चढेको गाडी पहिरोले किचेर क्षतिग्रस्त बनाएको छ । योजनाको अनुगमन गर्न जाने क्रममा भीरबाट पहिरो झर्दा गाडी क्षतिग्रस्त बनेको हो ।

केरावारी–१ को पार्टीगाँउ र २ नम्बर वडाको सिहदेवीमा संचालित योजनाहरुको अनुगमन गर्न जानेक्रममा पहिरो झर्दा को १ झ ५९५ नम्बरको बोलेरो गाडीमा क्षति भएको गाँउपालिकाकी उपाध्यक्ष भुजेलले बताइन् ।

गाडीमा उपाध्यक्ष सहित ५ जना सवार भएपनि मानविय क्षति भने भएन । गएराति अविरल वर्षासँगै ३२ जुरे नजिकै पहिरो खसेको थियो । ‘रातिको बर्षाका कारण पहिरो आएको रहेछ,’ भुजेलले भनिन्, ‘स्काइबेटरले पन्साइरहेको थियो । माथिबाट पहिरो खसेर हाम्रो गाडीमा क्षति पुग्यो ।’

प्रतिक्रिया दिनुहोस्