Logo
Logo

भूकम्पबाट पूर्ण क्षति भएका विद्यालयको पुनःनिर्माण असार मसान्तमा सकिने


दृष्टि संवाददाता


काठमाडाैं। २०७२ सालको भूकम्पबाट पूर्णरुपमा क्षति भएका विद्यालयका भवनको असार मसान्तसम्ममा पुनःनिर्माण सकिने भएको छ।

राष्ट्रिय पुनःनिर्माण प्राधिकरण अन्तर्गतको केन्द्रीय आयोजना कार्यान्वयन एकाइ (शिक्षा)ले बिहीबार आयोजना गरेको पत्रकार सम्मेलनमा आयोजना निर्देशक रामशरण सापकोटाले भूकम्पका कारण ३१ जिल्लाका नौ हजार ७२ विद्यालयका ५४ हजार ५ सय ८४ कक्षाकोठामा क्षति पुगेको र क्षतिग्रस्तमध्ये छ हजार २४६ वटा भवनको पुनःनिर्माण भइसकेको बताए ।

बाँकी रहेका एक हजार ३ सय ७ वटा विद्यालय भवनको आगामी तीन महिनाभित्र निर्माण सम्पन्न भइसक्ने उनले बताए । एकाइका अनुसार विद्यालय व्यवस्थापन समितिमार्फत चार हजार ९ सय ३३, निर्माण व्यवसायीमार्फत ५ सय ५४ र गैरसरकारी संस्थामार्फत् ७ सय ५९ विद्यालय भवन पुनःनिर्माण गरिसकिएको छ । उनले ३८ वटा क्याम्पस र १ वटा प्राविधिक शिक्षालयको निर्माण कार्य सुरु भएको बताए ।

एकाइका आयोजना निर्देशक सापकोटाले दातृ निकायबाट अनुमान गरिए जति प्राप्त नभएकोले रकम अभावको समस्या रहेको बताउँदै अब त्रिभुवन विश्वविद्यालयका आङ्गिक क्याम्पस र प्राविधिक शिक्षालयको पुनःनिर्माण कार्य थालिने बताए ।

 

प्रतिक्रिया दिनुहोस्