Logo
Logo

भारतद्वारा गैर नाफामूलक संस्थालाई बस र एम्बुलेन्स प्रदान


दृष्टि संवाददाता


काठमाडाैं । भारत सरकारले नेपालका गैरनाफामूलक सङ्घसंस्था तथा शैक्षिक प्रतिष्ठानलाई उपहार स्वरुप बस तथा एम्बुलेन्स प्रदान गरेको छ ।

नेपालस्थित भारतीय राजदूतावासमा बिहीबार आयोजित एक कार्यक्रममा नेपालका लागि भारतका राजदूत विनयमोहन क्वात्राले ३९ वटा एम्बुलेन्स र छ वटा बस सम्बन्धित संस्थाका प्रतिनिधिलाई हस्तान्तरण गरेका हुन् ।

यसअघि भारतले नेपाल सरकारले निर्धारण गरेको मापदण्डानुसार निर्माण भएका ‘एडभान्स लाइफ सपोर्ट, बेसिक लाइफ सपोर्ट र कमन लाइफ सपोर्ट’ गरी तीन किसिमका थप एम्बुलेन्स प्रदान गरेको थियो ।

हालसम्म भारतले ८ सय ६२ वटा एम्बुलेन्स र १ सय ६६ वटा स्कूल बस उपहारस्वरुप नेपालका सामाजिक सङ्घसंस्था र विद्यालयलाई प्रदान गरिसकेको छ ।

नेपालका ग्रामीण क्षेत्रमा स्वास्थ्यको पहुँच विस्तार गर्न तथा शिक्षक र विद्यार्थीको आवागमनमा सघाउन भारतले बर्सेनि केही एम्बुलेन्स र स्कूल बस उपलब्ध गराउँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्