Logo
Logo

बैंक वित्तीय संस्थाको सेवामा गुनासो छ ? यसरी गर्नुस् उजुरी


दृष्टि संवाददाता


काठमाडाैं । बैंक तथा वित्तीय संस्थाले दिएका सेवाप्रति तपाईको कुनै प्रकारको गुनासो छ रु या उनीहरुले दिएको सेवामा कुनै जटिलता पैदा भएको छ ? यदि छ भने बैंक तथा वित्तीय संस्थाको नियामक निकायको रुपमा रहेको नेपाल राष्ट्र बैंकले नयाँ सेवा सुरु गरेको छ ।

केन्द्रीय बैंकले बैंक तथा वित्तीय संस्था र विभिन्न प्रकारका संस्था वा एजेन्टले ग्राहकसँग निष्पक्ष, विश्वसनीयता र पारदर्शी ढङ्गबाट बैंकिङ क्षेत्रको व्यावसायिक मूल्य र मान्यता एवं नीति निर्देशनको अधिनमा रहेर ग्राहकको हितलाई प्राथमिकतामा राखिएको जनाएको छ ।

राष्ट्र बैंकले गुनासो दर्ता गर्ने, दर्ता भएको गुनासोको जानकारी र दर्ता नं इमेलमार्फत प्राप्त हुने, गुनासोको स्थिति थाहा पाउने र गुनासोका अन्तिम निर्णय विद्युतीय माध्यमबाटै थाहा हुने प्रणाली सञ्चालनमा ल्याएको जानकारी दिएको छ ।

विश्वसनीय, पारदर्शी एवं व्यावसायिक मूल्य र मान्यता एवं नीति निर्देशनको अधिनमा रही ग्राहकको हितलाई प्राथमिकतामा राखेर वित्तीय मध्यस्थता सेवा प्रदान गर्ने गराउने कार्यको सुनिश्चितता गरी वित्तीय ग्राहकको हित संरक्षण गर्न पोर्टल सञ्चालनमा ल्याएको छ ।

केन्द्रीय बैंकले गुनासो डट एनआरबी डट ओआरजी डट एनपीमार्फत सो सेवा शुरु गरिएको विज्ञप्तिमार्फत जानकारी दिएको छ ।

त्यस्तै, वित्तीय सेवा प्रदायकवाट नीति निर्देशन विपरीत निक्षेप सङ्कलन, कर्जा प्रवाह, कर्जा असुलीलगायत अन्य वित्तीय मध्यस्थता सेवा प्रवाहमा गरिने विभेद तथा क्षतिलाई न्यूनीकरण गर्न सहयोग पुग्नेछ ।

 

प्रतिक्रिया दिनुहोस्