Logo
Logo

एमाले स्थापना दिवसको अवसरमा बिरामीलाई फलफूल र मास्क वितरण


नन्दा थापा


बाजुरा । नेपाल कम्यूनिष्ट पार्टी एमाले बाजुराले जिल्ला अस्पताल बाजुरामा उपचार गराईरहेका विरामीलाई फलफूल वितरण गरेको छ । कम्यूनिष्ट पार्टी स्थापना दिवसको अवसर पारी विरामीलाई फलफूल वितरण गरिएको पार्टी सचिव भरत बुढाले बताएका छन् ।

सर्वाहारा गरिब विपन्नको मुक्तीका लागि स्थापना गरिएको कम्यूनिष्ट पार्टीको उद्देश्य अनुसार नै विरामीको स्वास्थ्य लाभको कामना सहित फलफूल वितरण गरिएको पार्टी सचिवालय सदस्य जनक कुमार बोहराले बताए ।

कोभिडका कारण औपचारिक कार्यक्रम गर्न रोक लगाईएकोले सीमित नेता कार्यकर्ता सहभागि भएर मानव सेवाको भावना सहीत फलफूल वितरण गरिएको पार्टी कार्यालय सचिव काशी विकले बताएका छन् । नेकपा एमालेले कोविड १९ को अवस्थालाई मध्येनजर गरेर सर्वसाधारणलाई मास्क समेत वितरण गरेको छ ।

नेपालमा २००६ सालमा नेपाल कम्यूनिष्ट पार्टी स्थापना भएको थियो ।

प्रतिक्रिया दिनुहोस्