Logo
Logo

कुशल,आसिफ र दिपेन्द्रले पाए प्रायोजक


दृष्टि संवाददाता


काठमाडौं । राष्ट्रिय क्रिकेट टिमका तीन जना स्टार क्रिकेटरलाई ‘माइ सकेन्ड टिचर’ले प्रायोजन गरेको छ । काठमाडौंमा जारी त्रिकोणात्मक सिरिजबाट राष्ट्रिय टिममा डेब्यु गरेका कुशल भुर्तेल, आसिफ शेख र उपकप्तान दिपेन्द्र सिंह ऐरीलाई ‘माइ सेकेन्ड टिचर’ले प्रायोजन गरेको हो ।

इ–लर्निङ प्लेटफर्म सेकेन्ड टिचरले एक वर्षका लागि खेलाडीलाई अनुबन्धन गरेको हो । तीन जना खेलाडीले खेल्ने क्रममा माइ सकेन्ड टिचर र आईएनजी समुहको लोगोलाई ब्याटमा राख्नेछन् ।

त्रिकोणात्मक सिरिजमा ओपनरको भुमिकामा रहेको कुशल र आसिफले उत्कृष्ट प्रर्दशन गर्दै नेपाललाई राम्रो नजिता दिलाएका छन् । सुरुवाती तीन खेलमा अर्धशतक प्रहार गरेको कुशलले अन्तराष्ट्रिय कीर्तिमान समेत कायम राखेका छन् । आसिफ समेत घरेलु क्रिकेटका युवा स्टार हुन् ।

अर्का उपकप्तान दिपेन्द्र नेपाली क्रिकेटका भविष्य मानिन्छन् । उत्कृष्ट ब्याट्सम्यानको परिचय बनाएका उनलाई पूर्व कप्तान पारस खड्काको विकल्पको रुपमा समेत हेरिन्छ । उनी अहिले राष्ट्रिय टिमका उपकप्तानको जिम्मेवारीमा छन् ।

प्रतिक्रिया दिनुहोस्