Logo
Logo

पुनर्निर्माणपछि यस्तो बन्यो लाप्राकको एकीकृत बस्ती


दृष्टि संवाददाता


गोरखा । भूकम्पपछिको पुनर्निर्माणका क्रममा तयार भएको गोरखाको लाप्राक वस्ती जग्गाधनी पुर्जासहित स्थानीयलाई हस्तान्तरण गरिएको छ ।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवाली र गैरआवासीय नेपाली संघका अध्यक्ष कुमार पन्तले गोरखाका धार्चे गाउँपालिकास्थित लाप्राक एकीकृत बस्तीमा आयोजित एक कार्यक्रममा संयुक्त रुपमा घर हस्तान्तरण गरेका हुन् ।

नमूना बस्तीमा होमस्टे लगायत दिगो जीविकोपार्जनका कार्यक्रम सञ्चालन गर्न सकिने भएको छ । बर्षाको पानी निकास र ढल व्यवस्थापन लगायत पूर्वाधार निर्माण पनि हुनेछ ।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरण र गैरआवासीय नेपाली संघ (एनआरएनए) को सहयोगमा गोरखाको धार्चे गाउँपालिकाको गुप्सीपाखामा ५७३ घरसहितको एकीकृत बस्ती तयार भएको हो ।

प्राधिकरणले जग्गा उपलब्ध गराउने तथा पूर्वाधार निर्माणमा सहयोग गरेको हो भने गैरआवासीय नेपाली संघले घर निर्माणमा सहयोग गरेको हो ।

प्रतिक्रिया दिनुहोस्