Logo
Logo

दृष्टिका १० हेडलाइन्स् : लाल आयोगको प्रतिवेदन सार्वजनिक गरिनेदेखि ओली-नेपाल वार्तासम्म


दृष्टि संवाददाता


हेडलाइन्स् :

१. नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच बिहीबार पनि भेटवार्ता, पार्टीभित्र देखिएको समस्या समाधान गर्ने विषयमा छलफल, नयाँ दल खोलेको कुरा पूर्ण रूपमा असत्य भएको नेपालको ओलीलाई स्पष्टीकरण, बिहीबारको छलफल सार्थक नभएको नेपालको सञ्चारकर्मीलाई प्रतिक्रिया, छलफल सकरात्मक उन्मुख रहेको प्रंधानमन्त्रीका आर्थिक सल्लाहकार मोतीलाल दुगडको दावी ।

२. निर्वाचित सांसदमाथि कारबाही गर्न लागिएको भन्दै नेकपा (एमाले)को झलनाथ खनाल–माधवकुमार नेपाल समूहले सर्वोच्च अदालतमा बुझाएको रिट निवेदन दर्ता, माधवकुमार नेपाल, भीम रावल, घनश्याम भुसाल र सुरेन्द्र पाण्डेले सांसदमाथि कारबाही गर्न लागिएको भन्दै सर्वोच्चलाई प्रतिषेधको आदेश जारी गरीपाऊँ भन्दै बुधबार दिएको निवेदन बिहीबार दर्ता, आइतबारका लागि पेशी तोकियो ।

३. नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको ग्राफ उकालो लाग्दै, पछिल्लो २४ घण्टामा नेपालमा २ हजार ३ सय ६५ जना कोरोना संक्रमित थपिए, पाँच जनाको मृत्यु, युके भेरियन्टको संक्रमण दर उच्च भएको र नेपालमा अहिले युके भेरियन्ट देखा परेकाले अवको तीन महिनामा संक्रमण दर उच्च हुने सरकारको आकलन, असारसम्म तीन लाख संक्रमित थपिने प्रक्षेपण, बिहीबारदेखि बाँकेको नेपालगञ्ज उपमहानगरपालिकामा एक साता लकडाउन, परीक्षण बढाउने तयारी ।

४. गृुहमन्त्री रामबहादुर थापा माओवादी केन्द्रका तर्फबाट राष्ट्रिय सभा सदस्यमा निर्वाचित भई नेकपा (एमाले) प्रवेश गर्दा रिक्त हुन पुगेको राष्ट्रिय सभा सदस्य सिटमा निर्वाचन आयोगद्वारा उपनिर्वाचनको घोषणा, जेठ ६ गतेलाई मिति घोषणा, उपनिर्वाचनको तयारी सुरु गरिएको आयोगद्वारा जानकारी ।

५. मुद्दा फिर्ता लिनेबारे जनता समाजवादी पार्टीले निरन्तर राख्दै आएका मागबारे बिहीबारको मन्त्रिपरिषद बैठकमा छलफल, लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्ने मन्त्रिपरिषदको निर्णय, सरकारले फिर्ता लिन मिल्ने मुद्दा महान्याधिवक्तामार्फत फिर्ता लिइने, अदालतमा विचाराधीन र फिर्ता लिन नमिल्ने मुद्दामा भने सरकारले सहजिकरण गरिरिदने सरकारको निर्णय ।

६. माओवादी आन्दोलन कमजोर नभएको नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको दावी, प्रतिगमनकाविरुद्ध लडेर कम्युनिस्ट आन्दोलनको रक्षा गर्ने अवसर आएकोमा खुसी व्यक्त, एमालेसँग पार्टी एकता गरेर कुनै गल्ती नगरेको तर प्रतिक्रियावादी र अवसरवादी शक्तिले जबरजस्त रुपमा नेकपा विभाजन गरेको दाहालको तर्क, छिट्टै नयाँ सरकार बन्नेमा ढुक्क रहन पार्टी पंक्तिलाई आग्रह ।

७. जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष महन्थ ठाकुरद्वारा सरकारसँग जारी वार्ताबारे पार्टीका सांसदहरूलाई जानकारी, संविधान संशोधन आयोग, नागरिकता विधेयक, मुद्दा फिर्ता र बन्दी रिहाइलगायतका विषयमा छलफल गरिरहेको ब्रिफिङ, हालसम्मको छलफल सकरात्मक रहेको ठाकुरको भनाइ, पार्टी कुनै पनि हालतमा नफुट्ने र ओली नेतृत्वको सरकारमा जाने विषयमा छलफल नै नभएको तर्क, ठाकुरको एक्लै बैठकप्रति अध्यक्षद्वय उपेन्द्र यादव र बाबुराम भट्टराई असन्तुष्ट ।

८. साताको कारोवारको अनितम दिन शेयर बजार १६ अंकले बढेर बन्द, सिंगटी हाइड्रो इनर्जीको शेयर सूचीकण प्रकृया अघि बढ्यो, कम्पनी शेयर सूचीकरणको लागि कागजातहरु सिडिएस एण्ड क्लियरिङ्गमा, अर्को सातादेखि कारोवारमा आउने, जस्तापाताको भाउ एक वर्षमा ३५% ले बढ्यो, अन्तर्राष्ट्रिय बजारमै मूल्य बढेकाले असर ।

९. कीर्तिपुरमा जारी त्रिकोणात्मक टी २० सिरिजा प्रतियोगिताको उपाधिका लागि नेपाल र नेदरल्याड्स शनिवार खेल्ने, बिहीबार भएको खेलमा मलेसिया नेपालसँग ६९ रनले पराजित, तीन क्रिकेटरलाई ‘माइ सेकेन्ड टिचर’ले गर्यो प्रायोजन, इण्डियन प्रिमियर लिग (आइपीएल)मा राजस्थान रोयल्स् र रोयल चैलेन्जर्स बैंग्लोर खेल्दै, जारी प्रतियोगितामा हालसम्म अपराजित रहँदै बैंग्लोर शीर्ष स्थानमा ।

१०.र, भारतमा कोरोना भाइरस संक्रमणको रेकर्ड, एकैदिन ३ लाख १५ हजारमा कोरोना संक्रमण पुष्टि, दुई हजार बढीको मृत्यु, भारतको महराष्ट्रमा बिहीबारदेखि लकडाउन, पाकिस्तानको क्वेटा शहरमा भएको कार बम बिस्फोटमा चार जनाको मृत्यु, १२ घाइते, विस्फोट चिनियाँ राजदूतलाई लक्षित गर्दै भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमको दावी ।

प्रतिक्रिया दिनुहोस्