Logo
Logo

जाङ्मुले भनिन्- ‘मेरो श्रीमान दोषी रहेको प्रमाण भेटिए आफै कारबाहीमा उत्रिनेछु’


दृष्टि संवाददाता


काठमाडौं । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईकी पत्नी जाङ्मु इन शेर्पाले आफ्नो श्रीमानमाथि सुनियोजित षडयन्त्र हुँदै आएको बताएकी छन् ।

जाङ्मुले सामाजिक सञ्जालमा लामो स्टाटस लेख्दै आफ्नो श्रीमान निर्दोष हुँदा हुँदै पनि चरित्र हत्याको हर्कत भएको आरोप लगाएकी हुन् ।

उनले आफ्नो श्रीमान दोषी रहेको सानो प्रमाणमात्र भेटिए आफै कारबाहीमा उत्रिने दाबी समेत गरेकी छन्।

उनले फेसबुकमा लेखेकी छन्, ‘मेरो श्रीमानविरुद्ध विगत लामो समयदेखि चरित्रहत्या मात्र होइन, उहाँको व्यक्तिगत र राजनैतिक जीवन समाप्त गर्ने सुनियोजित षडयन्त्र हुँदै आएको र अनेकन चरित्र हत्याका हर्कत र आक्रमणका घटनाहरु हुँदै आएको छ,
उनले लेखेकी छन्, ‘मेरो श्रीमानले पीडित बनाएको एउटा सानोमात्रै प्रमाण भए म नै मेरो श्रीमानलाई कार्बाहीको कठघरामा उभ्याउन तयार थिए, तयार छु’

यस्तो छ उनले लेखेको स्टाटस
समाजिक संजाल र युटुबहरुमा भाइरल बनाइएकाे घटना र बिषयले मेराे गंभीर ध्यानाकर्षण भएकाे छ ! मेराे श्रीमान बिरुद्व बिगत लामाे समय देखि वहाँकाे चरित्र हत्या मात्र हाेइन, वहाँकाे ब्यक्तिगत र राजनैतिक जीवन समाप्त गर्ने सुनियाेजीत षडयन्त्र हुदै आएकाे र अनेकन चरित्र हत्याका हर्कत र आक्रमणका घटनाहरु हुदै आएकाे कुरामा म राम्राे जानकार छु ! म पनि एउटा सचेत महिला हुँ, न्याय अन्याय सबै कुरा बुझ्छु त्यतिमात्र हाेइन, अन्यायकाे बिरुद्व बाेल्ने र लडने सामाजिक सेवा कर्मी पनि हुँ ! तर बिना प्रमाण, बिना गल्ति र दाेष बिना एउटा महिलाकाे नाममा याे हद सम्मका महिलाहरु पनि हुँदा रहेछन भन्ने आम महिलालाई कलंकित पार्ने जुन हर्कत एकजना महिलाले गर्दै आएकी छिन याे ज्यादै नै दुखद छ ! मेराे श्रीमानले पिडीत बनाएकाे एउटा सानाे मात्रै प्रमाण भए म नै मेराे श्रीमानलाई कार्बाहीकाे कठघरामा उभ्याउन तयार थिए, तयार छु ! मलाई पनि भ्रम थियाे मेराे श्रीमानकाे गल्ति छैन भन्दा भन्दै बा कतै चुक्नु भएकाे पाे छ कि भनेर, तर पहिला र म वहाँकी जीवन साथी भइसकेपछि वास्तविक तथ्यहरु बुझ्दा सय हाेइन हजार लाख प्रतिशत वहाँ निर्दाेष हुनुहुदाे रहेछ भन्ने कुरा म आफैले सबै तथ्यहरुकाे खाेजी गर्दा पत्ता लगाएकाे छु ! मेराे श्रीमान ले सायद एकपटक सार्बजानिक कार्यक्रममा बाेल्नु भएकाे छ ! स्वयम त्यही महिलाले वहाँ निर्दाेष हुनुहुन्छ, मैले अरुकाे उक्साहटमा वहाँलाई आराेप लगाएकाे भनेर न्यायलयमा, पार्टी कार्यलय र मिडियाहरुमा स्वयमकाे हस्ताक्षरमा लिखतहरु सार्बजानिक गरिसकेकी छिन तर फेरी आज त्यही मान्छेद्वारा त्यस्ताे हर्कत, यसलाई के भन्ने ? गल्ति नगर्ने, कही कतै नचुक्ने तर सुनियाेजीत, प्रायाेजीत ढंगबाट अरु कुनै केही गल्ति कमजाेरी नपाएर, आफ्नाे राजनितीक सफलता र उचाइबाट इर्श्या डाह गरेर खुट्टा तान्ने तल्लाे दर्जाका फाेहाेरी मान्छेहरुसंग के प्रतिबाद गर्ने भनेर चुप लागेर मेराे श्रीमान बस्नु भएकाे भएपनि मलाई लाग्छ अब चुप लागेर बस्नु हुदैन, कानुनी, प्रशासनिक लगायतका बाटाहरुकाे अवलम्बन गर्नुपर्छ ! अन्तमा यसप्रकार मेराे श्रीमानकाे चरित्र हत्या गर्न सुनियाेजीत रुपमा भइरहेका हर्कत र त्यसलाई सुनियाेजीत रुपमा युटुव लगायत सामाजिक संजालहरुमा प्रचार भइरहेका कुराहरुबाट भ्रमित एबं दुखित नहुन म मेराे परिवार आफन्त, नातागाेता साथीभाई, शुभचिन्तक सबैमा हार्दिक आग्रह गर्न चाहन्छु !यस्ता सुनियाेजीत र षडयन्त्रमुलक हर्कत सहितका प्रचार प्रयासहरुले म र मेराे श्रीमान र परिवारका बीच कुनै पनि असर नपर्ने कुरा पनि सबैलाई स्पष्ट पार्न चाहन्छु ! यि केही तथ्यहरु पनि हेरि दिनुहाेला ! धन्यबाद !

 

मुख्यमन्त्री राईमाथि बालिका खड्काको यस्तो हर्कत !

नेकपा (एमाले) मुख्यालय थापाथलीबाट विहिबार बालिका खड्का पक्राउ परेकी थिइन् । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईलाई ‘बलात्कारी’ भनेपछि कार्यालय परिसरबाट खड्कालाई पक्राउ गरिएको थियो ।

बालिका खड्कालाई महिल प्रहरीले पक्राउ गरेर लैजाँदै

कार्यालयमा सहभागी हुन आएका मुख्यमन्त्री राईलाई खड्काले ‘बलात्कारी’ लगायतका गालीजन्य शब्द प्रयोग गरेपछि त्यहाँ रहेका प्रहरीले खड्कालाई प्रकाउ गरेको हो । एमालेको मुख्य कार्यालय आजै धुम्बाराहीबाट थापाथलीमा सरेको थियो । बालिकाले मुख्यमन्त्री राईलाई गालीगलोज गरेकी थिईन् ।

प्रतिक्रिया दिनुहोस्