Logo
Logo

अवैध असुलीमा मन्त्रालयका सचिव मुछिए


- दृष्टि न्युज/संवाददाता



काठमाडौं, २२ फागुन । अर्काे वर्षमा २० लाख पर्यटक भित्राउने उदेश्यसहित पर्यटन वर्षको तयारी भइरहेको छ । तर, सरकारका अधिकारीनै पर्यटकलाई जसरी हुन्छ लुट्ने धन्दामा संलग्न छन् ।
पर्यटन मन्त्रालयका तत्कालिन सचिव कृष्ण देवकोटाकै संलग्नतामा ‘पर्वतारोहण सञ्चालक संघ नेपाल’ नामक संस्थाले आरोहीसँग गैरकानुनी रूपमा जबर्जस्ती रकम असुलेर ठगी गर्दै आएको खुलेको छ । गतवर्षसम्म प्रत्येक आरोहीसँग दुई सय डलर लिने गरिएको थियो। तर यस वर्षदेखि संस्थाले प्रतिआरोही ४० हजार रुपैयाँ असुल्न थालिएको छ ।


संस्कृति पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयका तात्कालीन सचिव कृष्णप्रसाद देवकोटाले संघलाई रकम असुल्न आदेश दिएका थिए । सोही आधारमा अहिले रकम बढाएर सगरमाथाका लागि प्रतिव्यक्ति ३० हजार, ल्होत्सेका लागि २० हजार र दुवै आरोहण गर्नेलाई ४० हजार रुपैयाँ तोकिएको छ ।
संस्थाले आइतबार सबै ट्रेकिङ कम्पनीलाई नयाँ दररेट निर्धारण गरेको पत्रचार गरिसकेको छ। संस्थाले राज्यको आदेश भन्दै रकम नबुझाए आरोहणमा बाधा र्पुयाउनेसम्मको चेतावनीसमेत दिएर जबर्जस्ती रकम असुल गर्ने गरेको आरोही पेम्बा शेर्पाको आरोप छ।

मन्त्रालयले यसरी गैरसरकारी संस्थालाई तोकेरै रकम असुल गर्न दिनु कानुनसम्मत नभएको भन्दै तत्काल कारबाही गर्न उनले सरकारसँग माग गरे। यसअघिका वर्षमा पनि बिनाआधार रकम असुलेको भन्दै पर्यटन व्यवसायी र आरोहीले असन्तुष्टि जनाउँदै पर्यटन विभागमा उजुरी दर्ता गराएका थिए। तर सुनुवाइ नभएको उनीहरूको गुनासो छ।

हिमाल नै नदेखेका केही व्यक्तिले झोलामा संस्था बोकेर मन्त्रालयका उच्चअधिकारीसँग मिली हिमालमा डोरी टाँग्ने र बाटो बनाउने भन्दै जबर्जस्ती रकम असुल गर्ने गरेको यो नयाँ होइन। डेढ महिनाअघि मन्त्रालयमा आयोजित ‘नेपाल भ्रमण वर्ष २०२०’ सचिवालयको बैठकमा बोल्दै सचिव देवकोटाले पुरानै संस्थाले काम गर्छ भनी ठाडो आदेश दिएका थिए। आरोहण सकिएपछि संस्थाले गर्ने गतिविधिमा समेत सचिव संलग्न भएर हस्ताक्षर गर्ने गरेको पाइएको छ।
पटक पटक आर्थिक विवादमा परेपछि सचिव देवकाटालाई मन्त्रालयबाट हटाइएको थियो । उनले बिद्युतीय बस खरिदमा पनि बार्गेनिङ गरेर गलत रिपोर्ट दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्