Logo
Logo

वामदेवसहित एमालेको नयाँ स्थायी कमिटी


दृष्टि संवाददाता


काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीको नयाँ स्थायी कमिटी गठन गरेका छन् । शक्रबार बालुवाटारमा बसेको १०औँ राष्ट्रिय महाधिवेशन आयोजक कमिटी बैठकमा स्थायी कमिटी गठन गरिएको हो ।
स्थायी कमिटीमा वामदेव गौतमलाई समेत राखिएको छ । तर, झलनाथ खनाल र माधवकुमार नेपाल पक्षका अरु नेताहरुलाई भने राखिएको छैन ।
स्थायी कमिटीमा केपी शर्मा ओली, वामदेव गौतम, ईश्वर पोखरेल, रामबहादुर थापा बादल, विष्णुप्रसाद पौडेल, सुवास नेम्वाङ, शंकर पोखरेल, प्रदीप ज्ञवाली, लेखराज भट्ट, टोपबहादुर रायमाझी, सत्यनारायण मण्डल, विष्णु रिमाल, छबिलाल विश्वकर्मा, पृथ्वी सुब्बा गुरुङ, रघुवीर महासेठ, केशब बडाल र पुष्पराज कँडेल छन् ।
एमालेको नवौं महाधिवेशनबाट बनेको स्थायी कमिटी गएको २८ फागुनको बैठकमा खारेज गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्