Logo
Logo

राष्ट्रियसभाबाट खड्कालाई पनि हटाइयो


दृष्टि संवाददाता


काठमाडौं । नेकपा माओवादी केन्द्रले राष्ट्रियसभा सदस्य चन्द्रबहादुर खड्कालाई पनि हटाएको छ । यसअघि रामबहादुर थापालाई राष्ट्रिय सभाबाट हटाएको थियो ।

अर्घाखाँचीका खड्काले पार्टी त्याग गरेको सूचना माओवादी केन्द्रले शुक्रबार संसद सचिवालयमा दर्ता गरेको छ । राष्ट्रियसभा माओवादी केन्द्रका दलका नेता दीनानाथ शर्माले खड्काले दल त्याग गरको पत्र संसद सचिवालयमा जानकारी गराएको हो ।

यसअघि खड्काले दल त्याग गरेकाले उनलाई राष्ट्रिय सभाबाट हटाउनका लागि माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दलका नेता दीनानाथ शर्मालाई पत्र लेखेका थिए ।

 

प्रतिक्रिया दिनुहोस्