Logo
Logo

राष्ट्रियसभाको उपनिर्वाचनमा बादल नै उम्मेदवार


दृष्टि संवाददाता


काठमाडौं । नेकपा एमालले राष्ट्रियसभाको उपनिर्वाचनमा रामबहादुर थापा ‘बादल’ नै उमेदवार बनाउने निर्णय गरेको छ ।

नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले एमालेमा प्रवेश गरेका कारण सांसद पद गुमाएका माओवादी नेताहरूलाई उपनिर्वाचनमा जिताएर पुनः सांसद बनाइने बताएपछि बादल नै राष्ट्रियसभाको उमेरदवार बन्ने पक्का भएको हो ।

शुक्रबार वालुवाटारमा बसेको १०औँ एमाले महाधिवेशन आयोजक कमिटीको बैठकमा ओलीले जेठ ६ गते हुने राष्ट्रियसभाको निर्वाचनमा एमालेबाट रामबहादुर थापा ‘बादल’ नै उम्मेदवार हुने र जिताएरै छाड्ने बताए ।

ओलीले भने, ‘हाम्रो पार्टीमा लागेका कारण माओवादीले कारवाहीको नाममा रिक्त बनाएका पदहरुमा ३५ दिन देखि ६ महिनाभित्र हुने चुनावमार्फत जिताएर ल्याउँछौँ ।’ एमालेमा लागेका पूर्वमाओवादी नेता र कार्यकर्ताहरुलाई उचित जिम्मेवारी दिइने ओलीको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्