Logo
Logo

दृष्टिका १० हेडलाइन्स् : एमालेमा कार्यविभाजनदेखि कोरोना नियन्त्रणमा सरकार उदासिनसम्म


दृष्टि संवाददाता


हेडलाइन्स् :

१. नेकपा (एमाले) का ओली समूहका केन्द्रीय सदस्यहरुको कार्यविभाजन, प्रधानमन्त्री निवास बालुवाटारमा बसेको दसौं महाधिवशेन आयोजक कमिटी बैठकद्वारा वरिष्ठ नेता माधवकुमार नेपाल समूहलाई बाहिरै राखेर कार्यविभाजन, माओवादीबाट एमाले भएका नेतालाई पनि तोकियो जिम्मेवारी, नेपाल समूहबाट नेता फर्किए उचित स्थान दिने प्रतिबद्धता ।

२. कर्णाली प्रदेशमा फ्लोर क्रस गर्ने चार सांसदलाई नेकपा एमालले पार्टीको साधारण सदस्य र सांसदबाट हटाउने एमाले स्थायी कमिटी बैठकको निर्णय, प्रकाश ज्वाला, नन्दसिंह बुढा, कुर्मराज शाही र अमरबहादुर थापालाई पार्टी सदस्य र सांसद पद नरहने गरी कारबाही, निर्णय कार्यान्वयनका लागि कर्णाली प्रदेश सभामा पत्र पठाइयो ।

३. नेकपा एमालेले उपनिर्वाचनमा रामबहादुर थापालाई उठाउने घोषणा, पार्टी अध्यक्ष केपी शर्मा ओलीद्वारा राष्ट्रियसभाको रिक्त पदमा गृहमन्त्री रामबहादुर थापा ‘बादल’लाई नै उम्मेदवार बनाउने निर्णय, जेठ ६ गते रिक्त पदमा उपनिर्वाचन हुँदै ।

४. प्रधानमन्त्री केपी शर्मा ओलीको अहंकारले लोकतन्त्र धरापमा परेको नेपाल कम्युनिस्ट पार्टी एमालेका बरिष्ठ नेता माधवकुमार नेपालको आरोप, फागुण २८ को निर्णय जनताको हितमा नभएको भन्दै ओलीलाई फेरि ०७५ को जेठ ३ मा फर्कन आग्रह, विधि र विधान विपरित कसैले पदबाट हटाउँदैमा नहट्ने तर्क गर्दै ओलीको गतिविधि नेकपा एमाले विभाजनको दिशातर्फ बढिरहेको भीम रावलको आरोप ।

५. नेपालमा कोरोना भाइरसको संक्रमणको ग्राफ उकालो लाग्दै, एकैदिन २ हजार पाँच सय ५९ जनामा पुष्टि, पाँच संक्रमितको मृत्यु, काठमाडौं उपत्यकामा मात्रै ४० जना संक्रमितको भेन्टिलेटरमा उपचार हुँदै, भारतमा संक्रमितको संख्या बढीरहँदा र नेपालमा सोही भेरियन्ट देखा पर्दा पनि सरकार गम्भीर नभएको भन्दै जनस्वास्थ्यविदहरू नै असुन्तुष्ट, स्वास्थ्य सामग्रीको स्टक बढाउन सरकारलार्ई सुझाव, कोरोना संक्रमण बढेको भन्दै हेटौँडामा आइतबारबाट जोर–बिजोर लागू ।

६. नेकपा माओवादी केन्द्रद्वारा राष्ट्रिय सभाका सदस्य चन्द्रबहादुर खड्का हटाइयो, खड्काले दल त्याग गरेको सूचना माओवादी केन्द्रका राष्ट्रिय सभा दलका नेता दीनानाथ शर्माद्वारा संसद सचिवालयमा जानकारी, निर्वाचित नभएकाले उपनिर्वाचन नहुने ।

७. भूकम्पले भत्काएको धरहरा पुनर्निर्माणको ६ वर्षपछि ब्युँतियो, पुनर्निर्मित धरहराको शनिवार प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्ने, धरहरा क्षेत्रमा भूमिगत पार्किङ, बगैंचा, संग्रहालय लगायतका अन्य संरचनाको निर्माण जारी, भीमसेन थापाका पालामा बनेको धरहराकै स्वरुपमा आधुनिक निर्माण सामग्री र प्रविधि प्रयोग गरेर बनाइएको नयाँ धरहरा चढ्नका लागि तयार भएको पुनर्निर्माण प्राधिकरणद्वारा जानकारी ।

८. बजेटमा नेपाल बैंकर्स संघको सरकारलाई २६ बुँदे सुझाव, एनआरएनको पूँजीलाई पूँजी बजार मार्फत प्रवद्र्धन गर्न विशेष प्याकेजको व्यवस्था गर्न माग, राजश्व विभागद्वारा एकै पटक १६ जनाविरुद्ध राजस्व छलीको मुद्दा, २ अर्ब १९ करोड बिगो दाबीसँगै कैद सजायको माग, विराटनगर र धरान राजस्व कार्यालयको असुली उत्साहजनक, चैतसम्मको लक्ष्य पुगेको दाबी, बढ्दो शेयर बजारमा धमाधम संस्थापक शेयर बिक्री गर्दै लगानीकर्ता ।

९. कीर्तिपूरमा जारी त्रिकोणात्मक टी २० क्रिकेट सिरिजको फाइनल भोलि, नेपाल र नेदरल्याण्ड्स भिड्दै, टीममा केही परिवर्तन हुनसक्ने राष्ट्रिय टोलीका कप्तान ज्ञानेन्द्र मल्लद्वारा जानकारी, ११ वर्षपछि घरेलु मैदानमा अन्तर्राष्ट्रिय उपाधि जित्ने नेपालका लागि सुनौलो अवसर, पहिलो पटक आयोजना हुन लागेको फ्रेन्चाइज फुटबल प्रतियोगिता नेपाल सुपर लिग (एनएसएल)को उद्घाटन खेलमा शनिबार काठमाडौं रेजर्स फुटबल क्लब र ललितपुर सिटी फुटबल खेल्दै, उपाधि विजेताले ३५ लाख पाउने ।

१०.र, भारत सरकारद्वारा कोरोना महामारी तीब्र गतिमा फैलिएपछि गरीब जनताका लागि राहत प्याकेज घोषणा, २ खर्ब ६० अर्ब रुपयाँ बराबरको राहत प्याकेजको घोषणा, गरीब जनतालाई दुई महिनाका लागि निशुल्क खाद्यान्न बितरण गरिने, ८० करोड गरीब जनतालाई राहत मिल्ने, दिल्लीको गंगाराम अस्पतालमा अक्सिजन सिलिन्डरको कमि, २४ घण्टामा २५ जनाको मृत्यु, ६० जनाको जिन्दगी खतरामा ।

प्रतिक्रिया दिनुहोस्