Logo
Logo

‘लोकतन्त्रको आवरणमा ब्रम्हलुट र सर्वसत्तावाद हावी’


दृष्टि संवाददाता


काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष कमल थापाले लोकतन्त्रको आवरणमा ब्रम्हलुट आरोप लगाएका छन् । । लोकतन्त्र दिवशको अवसरमा सामाजिक सञ्जालमा स्टाटस लेख्दै उनले लोकतन्त्रको नाममा ब्रम्हलुट, धर्मपरिवर्तन, सर्वसत्तावाद हावी भएको बताएका हुन् ।
अध्यक्ष थापाले सामाजिक सञ्जाल ट्विटरमा लेखेका छन्, ‘आजकै दिन राजा र आन्दोलनकारी दलहरूबिच सम्झौता भएर आन्दोलन अन्त्य भएको थियो ।’
उनले अगाडि लेखेका छन्, ‘सम्झौताअनुसार राजाले राजनीतिक दलहरूलाई सत्ता हस्तान्तरण गरे । तर, आन्दोलनकारी दलहरूले धोखा दिएर राजसंस्थालाई पाखा लगाए । अहिले लोकतन्त्रको आवरणमा ब्रम्हलुट, धर्मपरिवर्तन, सर्वसत्तावाद हावी भएको छ ।’

 

प्रतिक्रिया दिनुहोस्