सांस्कृतिक विविधता नेपालको पहिचान : प्रम ओली « Drishti News – Nepalese News Portal
Logo

सांस्कृतिक विविधता नेपालको पहिचान : प्रम ओली


- दृष्टि न्युज/संवाददाता


काठमाडौँ, २३ फागुन ः प्रधानमन्त्री केपी शर्मा ओलीले सांस्कृतिक विविधता नेपालीको पहिचान भएको बताउनुभएको छ । ग्याल्बो ल्होसारको उपलक्ष्यमा आज एक शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री ओलीले सो कुरा उल्लेख गर्नुभएको हो ।



प्रधानमन्त्री ओलीले नेपालको भूगोलमा १२५ जाति र १२३ भाषा बोल्ने मानिसको बसोबास हुनु आफैँमा गौरवको विषय भएको उल्लेख गर्नुभयो । “नेपाल आफैँमा एउटा सङ्ग्रहालय हो । यस भूगोलमा यति धेरै सांस्कृतिक विविधता छ, जो अन्यत्र पाइँदैन”, प्रधानमन्त्री ओलीले सन्देशमा भन्नुभएको छ, “यी विविधतालाई संरक्षण गर्न सरकार सधैँ सकारात्मक छ ।” 

प्रधानमन्त्री ओलीले ग्याल्बो ल्होसार मनाउने सबै समुदायलाई सुख, शान्ति र उत्तरोत्तर प्रगतिको कामना पनि गर्नुभएको छ । 
(रासस)

प्रतिक्रिया दिनुहोस्