Logo
Logo

स्वास्थ्य मन्त्रालयद्वारा लकडाउन गर्न सुझाव


दृष्टि संवाददाता


काठमाडौं । स्वास्थ्य मन्त्रालयले पछिल्लो दिनमा काठमाडौं उपत्यकामा कोरोना संक्रमण नियन्त्रणबाहिर जान लागेको भन्दै कम्तिमा चार साता लकडाउन गर्न सुझाव दिएको छ ।

कोभिड १९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)मा यो सुझाव आएपनि निर्णय भएको छैन । आज शनिबार अपरान्ह ४ बजे सीसीएमसीका संयोजक उपप्रधानमन्त्री ईश्वर पोखरेलसहित मन्त्रीहरुले प्रधानमन्त्रीलाई पछिल्लो अवस्थाबारे ब्रिफिङ गर्ने कार्यक्रम तय भएको छ ।

साथै काठमाडौं उपत्यका प्रवेश गर्ने नाका १ महिना बन्द गर्ने र यातायातका साधन पनि चल्न रोक लगाउनुपर्ने अवस्थाबारे प्रधानमन्त्री ओलीलाई सीसीएमसी सचिवालयले ब्रिफिङ गर्ने पनि जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्