Logo
Logo

धरहरा ढल्दा बाँच्न सफल भएकी श्रेष्ठलाई सम्मान


दृष्टि संवाददाता


काठमाडौं । धरहरासँगै ढल्दा बाँच्न सफल भएकी रमिला श्रेष्ठलाई प्रधानमन्त्री केपी शर्मा ओलीले सम्मान गरेका छन् । शनिबार पुनर्निर्मित धरहराको उदघाटन कार्यक्रममा उनलाई सम्मान गरिएको हो ।
काठमाडौं बल्खु काठमाडौंकी श्रेष्ठ २०७२ वैशाख १२ गते धरहरामा चढेर काठमाडौं उपत्यका अवलोकन गर्नेक्रममा भूकम्प जाँदा उनी धरहरासँगै ढलेर पनि बाँच्न सफल भएकी थिइन् । गोरखाको बारपाक केन्द्रविन्दु भएर गएको भूकम्पमा परी देशभर ८ हजार बढीको ज्यान गुमाएका थिए भने कयौँ भौतिक क्षति भएको थियो ।

प्रतिक्रिया दिनुहोस्