Logo
Logo

‘धरहरा ढल्दा हामी आफैँ ढलेजस्तो लाग्छ’


दृष्टि संवाददाता


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले धरहरा चढेपछि आफूलाई फ्रान्सको चर्चित टावर ‘आइफल टावर’ चढेको स्मरण भएको बताएका छन् । शनिबार पुननिर्मित धरहराको उद्घाटन गरेपछि उनी २०औँ तलाबाट काठमाडौंको अवलोकन गरेका थिए ।

उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले भने, ‘मलाई आइफल टावर चढेको स्मरण भयो । आइफलमाथि पुग्दा उधुम हावा चल्छ । यस्तै, धरहरामा पनि चिसो हावाले बेग्लै किसिमको आनन्द दिन्छ ।’

धरहराको टुप्पोमा बेजोड हावा चलेको सुनाउँदै प्रधानमन्त्री ओलीले धरहराबाट काठमाडौंको मनमाहो दृश्य मनमोहन देखिने बताए । उनले धरहरामा जनताका भावनाहरु रहेको बताएँदै भने, ‘धरहरा ढल्दा हामी आफैँ ढलेजस्तो लाग्छ । धरहरा उठ्दा गर्व महसुश हुन्छ ।’

प्रतिक्रिया दिनुहोस्