Logo
Logo

पूर्वराजा शाह दम्पती अस्पताल भर्ना


दृष्टि संवाददाता


काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह दम्पती नै अस्पताल भर्ना भएका छन् । कोभिड–संक्रमण भइ होम आइसोलेशनमा बस्दै आएका शाह दम्पतीको स्वास्थ्यमा समस्या देखिएपछि शनिबार राजधानीको थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना भएको पूर्वराजाका संवाद सचिव फणि पाठकले जानकारी दिए ।

उनका अनुसार पूर्वराजा शाह र पूर्वरानी कोमल शनिबार दिउँसो नर्भिकमा भर्ना भएका हुन् । शाह दम्पती गही ७ वैशाखमा भारतको हरिद्वार भ्रमणबाट फर्किएपछि कोरोना संक्रमण पुष्टि भएको थियो ।

प्रतिक्रिया दिनुहोस्