Logo
Logo

विप्लवका कार्यकर्तामाथि प्रहरीद्वारा गोली प्रहार


- दृष्टि न्युज/संवाददाता



कपिलवस्तु, २३ फागुन ।
कपिलवस्तुमा विप्लब नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका एक कार्यकर्तालाई प्रहरीले गोली हानेको छ ।


शिवराज नगरपालिका ९ मा घर खानतलासी गर्ने क्रममा भागेपछि प्रहरीले गोली हान्दा नेकपाका कार्यकर्ता दुर्गाबहादुर रोका घाइते भएका हुन् । उनको लुम्बिनी अञ्चल अस्पताल बुटवलमा उपचार भइरहेको छ । उनको अवस्था भने सामान्य रहेको अस्पतालले जनाएको छ । रोकाको घरबाट प्रहरीले दुईवटा सर्ट मेशिन गन एसएमजी, ३ थान म्यागजिन र एउटा चाइनिज पेस्तोल बरामद गरेको छ ।
प्रहरीले अर्को घरमा खानतलासी गर्दा भने स्थिति तनावपूर्ण बनेको स्थानीयबासिन्दाले जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्