Logo
Logo

धरहराको टुप्पोमा हावा सरर… (पन्ध्र तस्बिर)


दृष्टि संवाददाता


काठमाडौं । भूकम्पले ढलेकोे ६ वर्षपछि धरहरा पुर्ननिर्माण भई ठडिएको छ । पुर्ननिर्मित धरहराको शनिबार एक समारोहबीच प्रधानमन्त्री केपी शर्मा ओलीले उदघाटन गरे ।


धरहराको उद्घाटनपछि २०औँ तलामा चढेर प्रधानमन्त्री ओलीले भने, ‘मलाई आइफल टावर चढेको स्मरण भयो ।’ उनले पुष्पवृष्टिसमेत गरेका थिए । प्रधानमन्त्री ओलीले धरहराको टुप्पोमा उधुम चिसो हावा चल्ने सुनाउँदै भने, ‘धरहरासँग हामी सबैको भावना जोडिएको छ । त्यसैले ढल्दा हामी आफैँ ढलेजस्तो लाग्छ । धरहरा उठ्दा गर्व महसुश हुन्छ ।’
उद्घाटन कार्यक्रममा प्रधानमन्त्रीका आवावा उनकी पत्नी राधिका शाक्य, उपप्रधानमन्त्री इश्वर पोखरेल, सुवास नेम्बाङलगायतका नेता तथा पदाधिकारीको उपस्थिति थियो ।


२०७२ सालको विनाशकारी भूकम्पले भत्किएको धरहरा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले पुनर्निर्माण गरेको हो । धरहरा पुनर्निर्माणको शिलान्यास प्रधानमन्त्री ओलीले २०७५ पुस १२ गते गरेका थिए ।
धरहरा बाहिरबाट हेर्दा पुरानै डिजाइनको ११ तलाजस्तो देखिएपनि भित्री संरचना २२ तलाको छ भने अग्लाइ जमिनबाट गजुरसहित ८३.८५ मिटर रहेको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले जनाएको छ । उद्घाटन गरिएपनि धरहरामा तत्काल सर्वसधारणका लागि खुला गरिने छैन । निर्माण सम्पन्न गर्न अझै एक वर्ष लाग्नेछ ।

 

प्रतिक्रिया दिनुहोस्