Logo
Logo

भारतमा भयावह कोरोना : अक्सिजन नपाएर छटपटाउँदै विमारी


दृष्टि संवाददाता


काठमाडौं । पछिल्लो २४ घण्टामा भारतमा ३ लाख ४६ हजार ७८६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । विश्व स्वास्थ्य संगठनको तथ्यांकअनुसार सोही अवधीमा २ हजार ६२४ कोरोना संक्रमितको मृत्यु भएको छ ।


नयाँदिल्लीमा मात्र पछिल्लो २४ घण्टामा ३५७ कोरोना संक्रमितको मृत्यु भएको छ । सोही अवधिमा २४ हजार १०३ संक्रमित थपिएको भारतीय मिडियाले उल्लेख गरेका छन् ।
यस्तै सो अवधिमा दिल्लीमा २२ हजार ६९५ संक्रमित निको भएको तथ्यांक छ । दिल्लीमा हालसम्म १३ हजार ८९८ कोरोना संक्रमितको मृत्यु भइसकेको छ ।
भारतमा हालसम्म कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १ लाख ८९ हजार ५४४ पुगेको छ । कोरोना संक्रमितको संख्या १ करोड ६६ लाख १० हजार ४८१ पुगेको तथ्यांक छ ।
कोरोना नियन्त्रणका लागि भारतले कोरोना अति प्रभावित क्षेत्रमा लकडाउन गरेको छ । तैपनि संक्रमण उच्चस्तरमा फैलिरहेको छ । कतिपय अस्पतालमा अक्सिजन नपाएर संक्रमितहरु छटपटाइरहेका दृश्यहरु भारतीय सञ्चारमाध्यमहरुले सार्वजनिक गरिरहेका छन् । विश्वमा सबैभन्दा धेरै कोरोना संक्रमण हुने देशको सूचीमा भारत अमेरिकापछि दोस्रो स्थानमा छ ।

प्रतिक्रिया दिनुहोस्