Logo
Logo

एमाले महाधिवेशन आयोजक कमिटी बैठक जारी


दृष्टि संवाददाता


काठमाडौं । नेकपा एमालेको महाधिवेशन आयोजक कमिटीको बैठक बालुवाटारमा जारी छ । प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बसेको बैठक आकस्मिक बोलाइएको हो ।


पार्टीको स्थायी कमिटी बैठक सकिएसँगै महाधिवेशन आयोजक समितिको बैठक सुरु भएको हो । यसअघि शुक्रबार बसेको आयोजक कमिटीको बैठकले कर्णालीमा फ्लोर क्रस गर्ने चार जना सांसदलाई पार्टीबाट निष्कासन गरेको थियो भने २६५ जना केन्द्रीय नेताहरुको कार्यविभाजन गरेको थियो ।
आजको बैठकले झलनाथ खनाल र माधव नेपाल पक्षलगायतका केही थप सांसदलाई कारबाहीको तयारी गरेको छ ।

प्रतिक्रिया दिनुहोस्