Logo
Logo

सांसद कारबाही गर्ने जिम्मा स्थायी कमिटीलाई


दृष्टि संवाददाता


काठमाडौं । नेकपा एमालेले सरकारविरुद्ध अविश्वास प्रस्ताव आएमा पार्टीभित्रबाटै फ्लोर क्रस हुनसक्ने भन्दै माधव नेपाल पक्षका केही सांसदलाई कारबाही गर्ने तयारी गरेको छ ।


आइतबार आकस्मिक रुपमा बसेको महाधिवेशन आयोजक कमिटी बैठकमा यसै सन्दर्भमा छलफल भएको छ । तर, आजको बैठकले कारबाही सम्बन्धी कुनै निर्णय नलिएको प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए ।
उनका अनुसार क–कसलाई कारवाही अघि बढाउने भन्ने प्रस्ताव तयार पार्ने जिम्मा स्थायी कमिटीलाई दिइएको छ । एमाले महाधिवेशन आयोजक कमिटीको बैठकबारे जानकारी गराउँदै एमाले प्रवक्ता प्रदीपकुमार ज्ञवालीले स्पष्टीकरण बुझाएका सांसदहरूबारे स्थायी कमिटीले आवश्यक प्रस्ताव तयार गरिरहेको बताएका छन् ।
उनले पत्रकारहरूसँग भने, ‘सरकारविरुद्ध अविश्वास प्रस्ताव आउनसक्नेदेखि कर्णालीमा जस्तै परिस्थिति दोहोरिन सक्ने सम्भावनाबारे हामी गम्भीर छौँ । त्यस्तो परिस्थिति आउन नदिन आवश्यक सबै कदम चाल्नेछौँं ।’

प्रतिक्रिया दिनुहोस्