Logo
Logo

कोरोनाविरुद्ध एक जुट भएर परिचालित हुन पार्टीपंक्तिलाई निर्देशन


दृष्टि संवाददाता


काठमाडौं । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कोरोनाभाइरस नियन्त्रणमा पार्टीपंक्तिलाई परिचालित हुन निर्देशन दिएका छन् । आइतबार बालुवाटारमा बसेको महाधिवेशन आयोजक समितिको बैठकमा कोरोना संक्रमण बढिरहेको भन्दै यस्तो निर्देशन दिएका हुन् ।


बैठकमा प्रधानमन्त्री ओलीले स्थानीय सरकारी संयन्त्रसँग सहकार्य गर्दै कोरोना रोकथाम र नियन्त्रणका कार्यमा एकजुट भएर खटिन पार्टीपंक्तिलाई निर्देशन दिए । बैठकपछि पार्टी प्रवक्ता प्रदीपकुमार ज्ञवालीले कोरोना रोकथाम र नियन्त्रणका लागि खटिन सम्पूर्ण पार्टीपंक्तिलाई निर्देशन दिएको जानकारी दिएका हुन् ।

प्रतिक्रिया दिनुहोस्