Logo
Logo

तत्काल देशव्यापी लकडाउन गर्दैनौँ : मन्त्री ज्ञवाली


दृष्टि संवाददाता


काठमाडौं । नेकपा एमालेका प्रवक्ता तथा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले तत्काल देशभर लकडाउन नहुने बताएका छन् । आइतबार पत्रकारहसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।

फाइल तस्बिर

प्रधानमन्त्री निवास बालुवाटारमा नेकपा एमालेको बैठक सकिएपछि उनले लकडाउन कोरोना संक्रमण रोक्ने अन्तिम समाधान नभएको बताए । उनले भने, ‘अहिले तत्काल हामी नेशनवाइड लकडाउन चाहिँ गर्दैनौँ । अहिलेको हाम्रो आग्रह सबै नागरिकलाई स्वास्थ्य प्रोटोकलको पालना गर्नुस् भन्ने नै छ ।’

लकडाउनले अर्थतन्त्र र जनजीविकामा प्रभाव नपरोस् भन्ने सरकारको चाहना रहेको उनको भनाइ छ । ‘लकडाउनले एकछिनलाई कोभिडको चेन ब्रेक गरेपनि त्यो आफैमा अन्तिम समाधान नभएको उनले बताए ।

‘भर्खर–भर्खर अर्थतन्त्र तंग्रिन लागेको हुनाले सकभर अर्थतन्त्रमा र मान्छेको जीविकामा प्रभाव नपरोस् भन्ने सरकारको चाहना छ’ मन्त्री ज्ञवालीले भने, ‘तर, हटस्पटहरुमा पार्सल्ली लकडाउन हुन सक्छ । त्यो लोकल मात्रै हुन्छ ।’

प्रतिक्रिया दिनुहोस्