Logo
Logo

‘मास्क नलगाउने व्यक्तिको समाचार पनि रोकौँ’


दृष्टि संवाददाता


काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमण बढिरहेकाले त्यसको रोकथाम तथा नियन्त्रणका लागि सबै क्षेत्रसँग आग्रह गरेको छ ।
नेपालमा पछिल्ला दिनमा देखिएको संक्रमण दर अत्याधिक रहेको जनाउँदै मन्त्रालयले संक्रमणको चक्र रोक्न नसकिए हालकै गतिमा फैलँदै गएमा अस्पतालहरुमा बिरामी राख्ने ठाउँसम्म नहुने जनाएको छ ।
मन्त्रालयले आइतबार विज्ञप्ति जारी गर्दै सार्वजनिक कार्यक्रममा सहभागी नहुन र अत्यावश्यक सहभागी हुन परेका स्वास्थ्य मापदण्ड अनिवार्य पालना गर्न आग्रह गरेको छ । साथै, माक्स प्रयोग नगर्ने व्यक्तिहरुको समाचार समेत प्रकाशन नगर्न आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्