Logo
Logo

संक्रमण बढ्दै गएपछि बोलाइयो सीसीएमसी बैठक


दृष्टि संवाददाता


काठमाडौं । कोरोना संक्रमण बढ्दै गएपछि कोभिड संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) आइतबार बैठक बोलाइएको छ । पछिल्लो स्वास्थ्य संकटबारे छलफल गर्न बैठक बोलाइएको हो ।

फाइल तस्बिर

आइतबार प्रधानमन्त्री केपी शर्मा ओलीसँग संक्रमणको पछिलो अवस्थाबारे उपप्रधानमन्त्री तथा सीसीएमसीका अध्यक्ष ईश्वर पोखरेलले छलफल गरेका थिए । त्यसपछि उनले बैठक बोलाएका हुन् ।

शनिबार पनि प्रधानमन्त्री ओलीसहित बालुवाटारमा सीसीएमसीको बैठक बसेको थियो । बैठकमा स्वास्थ्य मन्त्रालयको प्रस्तावमाथि छलफल तथा ब्रिफिङ गरिएको थियो ।
सरकारले देशभर एकैपटक लकडाउन नगर्ने नीति लिएको छ । यसबाहेक संक्रमण नियन्त्रणका प्रभावकारी उपायबारे छलफल गरी केही क्षेत्रमा थप कडाई र केही सेवा क्षेत्र नियन्त्रित रुपमा चलाउने निर्णय हुन सक्ने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्