Logo
Logo

रुपन्देहीका १६ वटै स्थानीय तहका विद्यालय बन्द, यातायातमा जोरबिजोर लागू


दृष्टि संवाददाता


तिलोत्तमा । रुपन्देहीका १६ वटै स्थानीय तहका विद्यालय बन्द हुने भएका छन् । प्रमुख जिल्ला अधिकारी आशमान तामाङ र जिल्लाका सबै स्थानीय तहका प्रमुखबीच आइतबार भएको छलफलले शैक्षिक संस्था बन्द गर्ने निर्णय गरेको हो ।

यसअघि विद्यालयमा सञ्चालित परीक्षा पनि अर्को सूचना नभएसम्मका लागि स्थगित गर्ने निर्णय भएको प्रमुख जिल्ला अधिकारी तामाङले बताए ।

यस्तै, बैठकले वैशाख १४ गतेदेखि जिल्लामा सञ्चालन हुने सवारी साधनमा जोरबिजोर प्रणाली लागू गर्ने निर्णय समेत गरेको छ । प्रमुख तामाङले यसले जोखिम न्यूनिकरणमा केही सहयोग पुग्ने भन्दै अन्तत: बन्दाबन्दीकै विकल्प उत्तम हुने देखिएको बताए ।

प्रतिक्रिया दिनुहोस्