Logo
Logo

जडेजाको विस्फोटक ब्याटिङमा चेन्नई विजयी


दृष्टि संवाददाता



काठमाडौं । भारतमा जारी १४ औं संस्करणको इण्डियन प्रिमियर लिग ( आइपीएल)मा चेन्नईले जीत हात पारेको छ ।

आइतबार भएको पहिलो खेलमा चेन्नईका अलराउन्डर रवीन्द्र जडेजाको विष्फोटक ब्याटिङ र उत्कृष्ट बलिङमा चेन्नईले रोयल चैलेन्जर्स बैंग्लोरकाविरुद्ध जीत हासिल गरेको हो । योसँगै जारी प्रतियोगितमा बैंग्लोरले पहिलो हार बेहोरेको छ ।

टस जितेर पहिले ब्याटिङ गरेको चेन्नेईले २० ओभरमा चार विकेट गुमाउँदै एक सय ९१ रन बनायो । बलियो सुरुवात गरेको चेन्नेईले पहिलो विकेटका लागि ७४ रनको साझेदारी गरेको थियो । उसका ओपनर रुतुराज गाइकवाड ३३ रनमा आउट भएपछि पहिलो विकेट गुमायो ।

त्यसपछि सुरेस रैना ब्यक्तिगत २४ रनमा पेभेलियन फर्किए । त्यसपछि डुप्लेसी अर्धशतक बनाउँदै आउट भए । उनले ४१ बलमा ५० रन बनाए । त्यसपछि अम्बाती राइडुपनि १४ रनमा आउट हुँदा चेन्नेईले एक सय ४२ रनमा चौथो विकेट खेर फाल्यो ।

अन्तिममा रवीन्द्र जडेजाले विस्फोटक अर्धशतक बनाए । उनले २८ बलमा चार चौका र पाँच छक्का प्रहार गर्दै ६२ रन बनाए भने कप्तान महेन्द्रसिंह धोनीले दुई रनको योगदान गरे ।

जवाफमा बैंग्लोर २० ओभरमा नौ विकेट गुमाउँदै एक सय २२ रनमा रोकियो । राम्रो सुरुवात गरेको बैंग्लोरका मध्यक्रमका खेलाडीले राम्रो साझेदारी गर्न सकेन । उसका कप्तान आठ रनमा आउट भएपछि ४४ रनमा पहिलो विकेट गुमाएको बैंग्लोरले त्यसपछि स्कोरबोर्ड ५९ रन जोड्दा आठ विकेट गुमायो ।

उसका चार खेलाडीले मात्र दोहोरो जोडन् सके । उसका लागि देभदत्त पाडीकलले ३४ रन बनाए भने ग्लेन म्याक्सवेलले २२ रनको योगदान गरे ।

चेन्नईका लागि जडेजाले चार ओभरमा एक मेडेन राखेर १३ रन दिएर तीन विकेट लिए । भने इमरान ताहिरले दुई विकेट लिए ।

प्रतिक्रिया दिनुहोस्