Logo
Logo

भोलिदेखि सुर्खेतमा एक साता निषेधाज्ञा


दृष्टि संवाददाता


सुर्खेत । कोरोना संक्रमण ह्वात्तै बढेपछि सुर्खेतमा निषेधाज्ञा जारी गरिएको छ । मंगलबार राति १२ बजेदेखि लागू हुनेगरी निषेधाज्ञा जारी गरिएको हो ।


जिल्ला कोरोना संकट व्यवस्थापन समितिले भोलि राति १२ बजेदेखि एक हप्ता निषेधाज्ञा लागू गर्ने निर्णय गरेको जिल्ला प्रशासन कार्यालय सुर्खेतले जनाएको छ । सुर्खेतका प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले कोरोना नियन्त्रणभन्दा बाहिर जान थालेपछि निषेधाज्ञा जारी गर्ने निर्णय भएको बताए ।
सुर्खेतमा मात्रै ३०० बढी सक्रिय कोरोना संक्रमित रहेका छन् । भारतमा कोरोनाको अवस्था भयावह बनेसँगै रोजगारीका लागि भारत गएकाहरु धमाधम गाउँ फर्किन थालेका छन् । जसको प्रत्यक्ष प्रभाव कर्णालीमा पर्ने देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्