काठमाडौं, २३ फागुन ।
१८ लाख ५० हजार रुपैयाँ घुस असुल्ने उपसचिव अख्तियारको फन्दामा परेका छन् । तत्कालीन जिल्ला प्राविधिक कार्यालय, (पूर्वाधार विकास कार्यालय) भोजपुरका तत्कालीन सि.डि.ई. (उपसचिव) लालु गिरीविरुद्ध अख्तियारले बिहीबार मुद्दा दायर गरेको हो ।

भोजपुर–टक्सार–कोट–गोगने–लेखर्क सडक स्तरोन्नतिको लागि पेश्की तथा रनिङ्ग विल भुक्तानीको लागि पटक पटक रकम गरी उनले १८ लाख ५० हजार रुपैयाँ घुस लिएको पुष्टि भएपछि मुद्दा दायर गरिएको अख्तियारका उपसचिव मदन कोइरालाले बताए ।
बैंक खाता र नगदै गरी उनले घुस लिएका थिए ।