Logo
Logo

लुम्बिनीकाे झिल्को गण्डकीमा : सांसदहरु कुटीमा


दृष्टि संवाददाता


कास्की । गण्डकी प्रदेशसभामा मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध अविश्वास प्रस्ताव ल्याएका दलहरुले आफ्ना सांसदहरुलाई रिसोर्टमा राखेका छन् । अविश्वास प्रस्तावमा मतदान हुने मिति नजिकिएसँगै विपक्षी गठबन्धनले सांसदहरुलाई रिसोर्टमा राखेको हो ।

प्रतिपक्ष नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र र जसपा नेपालले मंगलबारदेखि सांसदहरुलाई रिसोर्टमा राखेका छन् । लुम्बिनी प्रदेशको काण्ड दोहोरिने त्रासले उनीहरुलाई होटलमा राखिएको बताइएको छ ।

काग्रेस र माओवादी केन्द्रका सांसदहरु लेकसाइडस्थित कुटी रिसोर्टमा बसेका छन् भने जसपा नेपालकाका सांसद छुट्टै बसेका छन् ।
केही समयअघि लुम्बिनी प्रदेशका मुख्यमन्त्री मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध व्हीप उल्लंघन गर्दै अविश्वास प्रस्तावको पक्षमा चार जना सांसदले हस्ताक्षर गरेपछि उक्त काण्ड दोहोरिने त्रासले आफ्ना सांसदलाई रिसोर्टमा लगेर राखेका हुन् ।

प्रतिक्रिया दिनुहोस्