Logo
Logo

नेपाल ट्रान्जिट बनाएर तेस्रो मुलुक जान रोक


दृष्टि संवाददाता


काठमाडौं । अध्यागमन विभागले नेपाललाई ट्रान्जिट बनाएर तेस्रो मुलुक जान रोक लगाएको छ । मंगलबार विज्ञप्ति जारी गर्दै विभागले कोरोनाको नयाँ लहर आएसँगै जोखिमलाई मध्यनजरमा राख्दै वैशाख १५ गते मध्यरातदेखि ट्रान्जिट बनाएर तेस्रो मुलुक जान रोक लगाएको हो ।
विभागका निर्देशक तथा सूचना अधिकारी झंकनाथ ढकालद्वारा जारी विज्ञप्तिमा नेपाललाई अन्तिम गन्तव्य बनाएर आउने र विदेश जानेहरूका लागि साबिक बमोजिम नै नियमित रहने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्