Logo
Logo

जसपामा बैठक डाक्ने विषयमै विवाद


दृष्टि संवाददाता


काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)मा कार्यकारिणी समिति बैठक बोलाउने विषयमै विवाद देखिएको छ ।

मंगलबार बसेको जसपाका शीर्ष नेताहरूको बैठकमा पछिल्लो राजनीतिक अवस्थाबारे कार्यकारिणी समितिको बैठकबाट धारणा बनाउनुपर्ने बताइएपनि अध्यक्ष उपेन्द्र यादव र संघीय परिषद अध्यक्ष डा.बाबुराम भट्टराईबीच सहमति हुन नसक्दा निष्कर्षमा पुग्न नसकेको एक नेताले बताए ।

बैठकमा अर्का अध्यक्ष ठाकुर, नेता राजेन्द्र महतोलगायतले कोरोनाको दोस्रो लहर बढेकाले बैठक बस्न अनुपयुक्त हुने बताएका थिए । बैठक बस्ने विषयमा सहमति नभएपछि पुनः छलफल हुने उनको भनाइ छ ।

जसपाभित्र अध्यक्ष यादव र भट्टराईलगायतका नेताहरू प्रधानमन्त्री केपी शर्मा ओलीको विकल्पमा गठबन्धन बनाउनुपर्ने पक्षमा रहँदै आएस्का भने भने ठाकुर, महतोलगायतका नेताहरू पार्टीले अघि सारेका मागहरू पूरा गर्न ध्यान दिनुपर्ने र ओली सरकारको विकल्प तत्काल खोज्न नहुने पक्षमा रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्