Logo
Logo

प्रधानमन्त्री ओली र सिके राउतले एउटै मञ्चबाट सम्बोधन गर्दै


- दृष्टि न्युज/संवाददाता



काठमाडौं, २४ फागुन ।
स्वतन्त्र मधेसको एजेण्डासहित पृथकतावादी गतिविधि गरिरहेका सिके राउतले अखण्ड नेपाल स्वीकार गर्ने भएका छन् । सरकारको पहलमा उनले पृथकतावादी आन्दोलन छाड्न लागेका हुन् ।
शुक्रबार राष्ट्रियसभा गृहबाट सम्बोधन गरेर उनले यससम्बन्धि घोषणा गर्दैछन् । जसमा प्रधानमन्त्री केपी शर्मा ओली पनि उपस्थित भई सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।


स्रोतका अनुसार सो समूहले सरकारसँग गोप्य रुपमा वार्ता गरिरहेको थियो । वार्तापछि उनी अखण्ड नेपाल स्वीकार गर्न तयार भएका हुन् । राउत सर्वाेच्च अदालतको आदेशमा बिहीबार मात्र छुटेका थिए ।
अपरान्ह १ बजे राष्ट्रियसभागृहबाट प्रधानमन्त्री केपी शर्मा ओलीले विशेष सम्बोधन गर्दै सिके राउतको पृथकतावादी गतिविधि समाप्त भएको घोषणा गर्ने भएका छन् । राउतको स्वतन्त्र मधेस गठनबन्धनसमेत आजैबाट विघटन हुनेछ ।
राउत देशका लागि ठूलो समस्या बनेका थिए । उनलाई पुथकतावादी गतिविधिबाट पछि हटाउन सक्नुलाई सरकारको एउटा महत्वपूर्ण सफलताका रुपमा लिइएको छ ।

प्रतिक्रिया दिनुहोस्