Logo
Logo

विहे भोजमा गएका १७ जनालाई कोरोना


दृष्टि संवाददाता


काभ्रे । काभ्रेको पनौतीमा विहे भोजमा सहभागीलाई कोरोना संक्रमण भएको छ । भोजमा सहभागी एक जनालाई कोरोना पोजेटिभ देखिएपछि कन्ट्याक ट्रेसिङको आधारमा परीक्षण गर्दा थप १७ जनामा कोरोना संक्रमण भएको पुष्टि भएको हो ।


जिल्ला जनस्वास्थ्य कार्यालय काभ्रेका प्रमुख डा. नरेन्द्रकुमार झाले बुधवार विहान पनौतीमा विहे भोजमा सहभागी १७ र बनेपामा ४ जनामा कोरोना संक्रमण पुष्टि भएको बताए । विहेमा सहभागी अन्यको पनि कन्ट्याक ट्रेसिङको आधारमा कोरोना परीक्षण गर्ने तयारी भइरहेको छ । काभ्रेमा पनि दैनिक रुपमा संक्रमण बढीरहेको छ ।

प्रतिक्रिया दिनुहोस्