Logo
Logo

निषेधाज्ञापछि ठाउँठाउँमा प्रहरीको चेकिङ, नागढुंगामा गाडीको चाप


दृष्टि संवाददाता


काठमाडौं । काठमाडौं उपत्यकामा आजबाट निषेधाज्ञा लागू भएको छ । निषेधाज्ञा पालना गराउन प्रहरीहरुलाई चोकचोकमा परिचालन गरिएको छ ।

काठमाडौं उपत्यकाका प्रमुख नाका र भित्री सडकहरुमा चेकजाँचका लागि ट्राफिक प्रहरीहरु खटिएका छन् । निषेधाज्ञासँगै भित्री सडकहरुमा गाडीहरु कम चलेका छन् भने काठमाडौं भित्रिने मुख्य नाका नागढुंगामा विहानको समयमा गाडीहरुको चाप देखिएको । ती गाडीहरुलाई पास नभए पनि उपत्यका प्रवेश गर्न दिइएको देखिन्छ ।

ट्राफिक प्रहरी प्रवक्ता एवम् एसपी श्यामकृष्ण अधिकारीका जाम भएका कारण रातभर सडकमा बसेकाहरुलाई उपत्यका प्रवेश गर्न दिइएको हो ।

धादिङको धार्के नजिक एउटा गाडी बिग्रिएकाले सडक जाम भएको
ट्राफिक प्रहरीको भनाई छ । जामका कारण गाडीहरु पास हुन पाएका छैनन् । त्यही भएर विहान आठ बजेसम्म पनि गाडीहरुलाई काठमाडौं आउन दिइएको
ट्राफिक प्रहरीको भनाई छ । काठमाडौं प्रवेश गर्ने धेरैजसो मालवाहक गाडीहरु रहेको छ ।

वैशाख १६ गतेदेखि निषेधाज्ञा जारी हुने समाचार सार्वजनिक भएलगत्तै काठमाडौं उपत्यका छाड्ने लहर सुरु भएको थियो । यो क्रम आज बिहान सात बजेसम्म मानिसहरु काठमाडौं छाड्ने देखिएको छ ।

कोरोना संक्रमणको फैलावटलाई रोक्ने उद्देश्यले काठमाडौं, ललितपुर र भक्तपुर तीनवटै जिल्लामा आज विहान ६ बजेदेखि निषेधाज्ञा जारी गरिएको हो ।

यो पनि पढ्नुस्

उपत्यकामा निषेधाज्ञा: विहानै यस्तो देखियो काठमाडौं (तस्बिरमा हेर्नुहोस्)

प्रतिक्रिया दिनुहोस्