Logo
Logo

चार सय बढी सवारी साधन कारबाहीमा


दृष्टि संवाददाता


काठमाडौं । कोरोना संक्रमण नियन्त्रण तथा रोकथामका लागि निषेधाज्ञाको पहिलो दिन उपत्यकामा प्रहरीले चेकजाँच कडा बनाएको छ । निषेधाज्ञाको पहिलो दिन बिहीबार १० बजेसम्ममा ४ सय सयभन्दा बढीसवारी साधनलाई प्रहरीले होल्ड गरेको छ ।

प्रहरीका अनुसार काठमाडौं, भक्तपुर र ललितपुरमा ३ सय २० ओटा मोटरसाइकल, स्कुटर होल्डलगायत होल्डमा परेका छन् । उपत्यकाका तीन जिल्लामा गरी ४ सय बढी सवारी साधनलाई होल्ड गरिएको महानगरीय प्रहरी कार्यालयका प्रवक्ता एसपी सुशील सिंह राठौरले जनाए । यसरी नियन्त्रणमा लिइएका सवारी साधनलाई साँझ मात्र छाडिने ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्