Logo
Logo

विनाकाम सडकमा निस्किनेलाई ‘होल्डिङ जोन’मा


दृष्टि संवाददाता


काठमाडौं । कोरोना संक्रमणको दोस्रो लहरको जोखिम बढेसँगै सरकारले काठमाडौं उपत्यकामा बिहीबारदेखि निषेधाज्ञा जारी गरेको छ । निषेधाज्ञाको कडाय गर्न बिहानैबाट सुरक्षाकर्मी खटिएका छन् ।

निषेधाज्ञाको पहिलो दिन बिहीबार विनाकाम सडकका निस्किएहरुलाई प्रहरीले धमाधम कारबाही गरिरहेको छ । बिहीबार मध्यान्ह अगाडि मात्रैm यसरी बिनाकाम सडकमा निस्केका करिब १५ सय जनालाई प्रहरीले होल्डिङ जोनमा राखेको छ ।

महानगरीय प्रहरी कार्यालय रानीपोखरीका अनुसार काठमाडौंमा ६ सय ७० जना, ललितपुरमा ५ सय ७२ जना र भक्तपुरमा १ सय ७५ जनालाई होल्डिङ जोनमा राखिएको छ ।

निषेधाज्ञाको बेवास्ता गर्दै सडकमा निस्केकाहरुलाई कारबाहीस्वरुप होल्डिङ जोनमा राखेर सम्झाई बुझाई पठाइएको महानगरीय प्रहरी कार्यालयले जनाएको छ । महानगरीय प्रहरी कार्यालयका एसपी सुशील सिंह राठौरका अनुसार प्रहरीले उपत्यकाका प्रत्येक चोकमा होल्डिङ जोन बनाएको छ ।

प्रतिक्रिया दिनुहोस्